जन्मदिनमा छोरीलाई नेशनल लाइफको बीमा पोलिसी उपहार

१२ भाद्र २०८१, बुधबार ११:३४

काठमाडौँ । पछिल्लो समय आम नागरिकको लागि बीमा अति आवश्यक बन्दै गएको छ । मानिसहरुले कुनै पनि विशेष अवसरमा विभिन्न जीवन बीमा कम्पनीहरुबाट बीमा पोलिसी बिक्री गरी उपहार स्वरुप प्रदान गर्ने परम्परा बढ्दै गएको छ ।

यसै क्रममा रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ९ मा बसोबास गर्दै आएकी आमा ठूली माया माझिले आफ्नो जन्मदिनको अवसरमा छोरी मनीता माझीलाई बीमा पोलिसी उपहार दिएकी छन् । बीमित मनिताका बुबा सम्मर माझिले बीमा पोलिसी परिपक्क भएपश्चात छोरीको अध्ययनमा सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन् ।

उनीहरुले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिल्धुली शाखा कार्यालयबाट तीन लाख रुपैयाँ बीमांक रकम भएको बाल अमृत बीमा पोलिसी खरिद गरेका छन् । उक्त बीमा पोलिसी कम्पनीका युवा सक्रिय एजेन्सी म्यानेजर मिन्द्र बहादुर माझिले हस्तान्तरण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*