‘सर्वसाधारणलाई लुट्नमा ब्यस्त राष्ट्र बैंक, गभर्नर अधिकारीले देश खोक्रो बनाए’

अशोक कुमार अग्रवाल
१२ भाद्र २०८१, बुधबार ११:४९

देशको अर्थ ब्यवस्था नै धरापमा छ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले बैंकसँग मिलेर देश खोक्रो बनाईएको छ । देश राजनैतिक पार्टी र नेताहरुको नियन्त्रण भन्दा बाहिर गई सकेको अवस्था छ । समयमा सचेत नेपाली नागरिकले ध्यान नदिने हो भन्ने नेपालको अवस्था अति नाजुक र डरलाग्दो हुनेछ ।

केन्द्रीय बैकका गभर्नर अधिकारी बैकसँग मिलेर बेश रेट भन्दै बैंकलाई लुट्ने ब्यवस्था गरि दिएका छन् । यस अघि बैकहरुले सर्वसाधरणसँग कति प्रतिशतका दरले ब्याज लिई रहेको छ ? बैकको स्टेटमेन्टमा देखिन्थ्यो तर अहिले बैकले स्टेटमेन्टमा ब्याज उल्लेख नै गर्दैन । बेश रेट भनेको छ बेश रेट भन्दा बढि लिन मिल्दैन भनी बैंकले जवाफ दिने गरेको छ भन्ने अर्को तर्फ बैंकको बेश रेटसँग सर्वसाधारण जनतालाई के मतलब ?

जहाँ जस्तोमा ब्याज पाउँछ, त्यहाँ बाट कर्जा लिने हो जसले बढि ब्याज दिन्छ त्यहाँ लगेर रकम जम्मा गर्ने हो तर हाम्रो देशका आम सर्वसाधारणलाई राष्ट्र बैंकले नै लुटने ब्यवस्था मिलाई दिएको अवस्था छ ।

कसैले चामल ५२ रुपैयाँ भन्छ भन्ने अर्को दोकानले ५० रुपैयाँमा दिन्छ भन्ने के अब ५० रुपैयाँमा किन्न पाउने की नपाउने ? मैले चामल ५१ रुपैयाँमा किनेर ल्याएको छु १ रुपैयाँ मात्र नाफा खाएर बेचेको भन्न मिल्छ ? उपभोक्तालाई जहाँ सस्तो पाउँछ त्यहाँ बाट खरिद गर्ने हो । गर्भनरको भनाई अनुसार किनेको रेटमा ३ प्रतिशत नाफा राखेर बेच भन्दैमा कसैले चामल किन्छ तर बैंकमा जबरजस्ति लागु गरि नागरिक मार्ने काम गरी सिमित बंैकका संचालकलाई मोटाउने काम गरेको स्पष्ट छ । अरु ब्यापार, ब्यवसाय, उधोग धन्दामा कहिले नाफा वा कहिले नोक्सान हुनसक्छ तर बंैक जहिले पनि नाफामा हुने भयो ।

जनताको पिरमा राष्ट्र बैंकले कहिल्यै मलम लगाएन

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी नियामक निकायमा नेपालकै सबै भन्दा शक्तिशालि छन् । उनले आफ्नो मनपरी तरिकाले काम गरी रहन्छन् । अर्थमन्त्री त के उनले प्रधानमन्त्रीले नै भनेको नमानेको कुरा यसअघिका सरकार खुलाइसकेका छन् । ठुला ठुला मै हु भन्नेहरुका कुरा नसुन्ने गर्भनर आम सोझा जनताको कुरा सुन्नु भनेको त घाम पश्चिमबाट उदाउनु हो । उनले प्रधानमन्त्रि शेर बहादुर देउवा र अर्थमन्त्रि जनार्दन शर्माको पालोमा शेयर बजारलाई कडाई गरि बदनाम गर्ने काम गरेका थिए । गत बर्ष २०७९ मा चुनावबाट नयाँ सरकार बनेपछि प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड अर्थमन्त्री प्रकाश शरण महतकोे पालोमा पनि कडाई गरि राखे । त्यसपछि प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री माओवादीकोे बर्षमान पुनहँुदा पनि कडाई नै गरि राखे तर अहिले प्रधानमन्त्रि खडग प्रसाद ओली र अर्थमन्त्रि बिष्णु पौडेल एमालेको दुबैहुँदा खोकुलो बनाई दिए । जसकारण देशमा एमालेले काम गरेको देखियो भने माओवादी र नेपाली काग्रेस निकम्बा देखियो । सरकार चल्न दिने नदिने हात नै गर्भनरको देखियो ।

बैकले चेक किलयरिगंको दस्तुर राष्ट्रिय बाणिज्य बैक १०० रुपैयाँ लिन्छ भन्ने अन्य बैकले ५०० रुपैयाँ लिदाँ गर्भनर साहब के हेरेर बसि रहेको छ ?

बिदेशबाट सामान झिकाउँदा १०० प्रतिशत एडभान्स पेमेन्ट पठाउनु पर्ने हुन्छ तर गत बर्ष देखि बैकलाई फाईदा हुने गरि १० प्रतिशत नगद मार्जिन (धरौटी ) राख्ने नियम बनाई दिनु दिए किन ? के को लागी ? प्राय ब्यापारीले बैंकबाट कर्जा लिई ब्यापार बिस्तार गरेको हुन्छ, बिदेशबाट सामान ल्याउनको लागी बैंकसँग कर्जा लिई रकम पठाउँछ, सामान कहिले आउने हो ठेगान हुँदैन अर्कोतिर बैंकले थप धरौटी राख्ने ब्यवस्था गरि १० प्रतिशत बैकले रकम राखी ब्याज खाने ब्यवस्था गर्नु भनेको महा अपराधीले गर्ने काम नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले गरेको म ठोकुवाको साथ भन्छु ।

गभर्नर अधिकारीको यो तालले देश चल्दैन, यस्तै तालले हो भन्ने नेता र कर्मचारी रातारात देश छाडेर भाग्ने समय आउन धेरै समय लाग्दैन । अन्त्यमा यति भन्छु गर्भनर ज्यू अब त सच्चिनुहोस्।

(प्रस्तुत लेख लेखकको निजि विचार हो, संस्स्थागत प्रतिनिधित्व गर्दैन)

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*