राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर शून्यमा झार्यो, एसएमई लोनमा २ करोडको सीमा निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन,२०८० मा गरिएका व्यवस्थाहरु परिमार्जन र संसोधन र थप गरेको छ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष काउन्टर साइक्लिक बफरअनुसार थप पुँजी कायम गर्नु नपर्ने व्यवस्था गरेको छ।
एकीकृत निर्देशिका परिमार्जन गर्दै केन्द्रिय बैंकले काउन्टर साइक्लिक बफर चालु वर्षका लागि शून्य प्रतिशत कायम गरेको छ ।
यसअघि क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ अनुसार २०८०/८१ को अन्त्यसम्ममा बफर बापत वाणिज्य बैंकहरुले ०.५ प्रतिशत थप पुँजी कायम गर्नुपर्ने व्यवस्था थियो।
यसअघि वाणिज्य बैंकहरुको क्यापिट एडुकेसी फेमवर्क २०१५ मा व्यवस्था भए बमोजिम कायम गनुपर्ने व्यवस्था रहेको थियो । सो मा अघिल्लो निर्देशिका अनुसार २०८०र८१ को अन्त्यसम्ममा काउन्टर साइक्लिकल बफर ०।५ प्रतिशत कायम गनुपर्ने व्यवस्था रहेको छ। राष्ट्र बैंकले आज एक विज्ञप्ती जारी गर्दै शून्यमा झारेको छ।
त्यस्तै, निर्देशिका मार्फत पुरानो व्यवस्था संसोधन गर्दै राष्ट्र बैंकले न्यूनतम १५ प्रतिशत कर्जा, लघु, घरेलु, साना एवं मझौला उद्यमका क्षेत्रमा १ करोडभन्दा कम रकमको कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएको विपन्न वर्ग कर्जा समेत प्रवाह गनुपर्ने व्यवस्था परिमार्जन गर्दै २ करोड रुपैयाँ परिमार्जन गर्ने व्यवस्था लागू गरेको छ।
sme