प्रतिनिधिसभाबाट धितोपत्रसम्बन्धी विधेयक सर्वसम्मत स्वीकृत

११ भाद्र २०८१, मंगलवार १९:३१

काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ।

प्रतिनिधिसभाको बैठक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

अर्थमन्त्री पौडेलले उक्त ऐन संशोधन आवश्यक रहेको उल्लेख गर्दै आजसम्मको अभ्यासका क्रममा सेयर मार्केटको सन्दर्भमा प्रशस्त अनुभव आर्जन गरेको बताए।

“खासगरी बजार विस्तार हुँदैछ, विस्तारित बजारलाई स्थिर ढङ्गले बढाउनुपर्ने, प्रभावकारी नियमनको प्रबन्ध, सेयरबजारका सम्बन्धमा नयाँ अभ्यासलाई हाम्रो परिपेक्ष्यअनुसार लागू गर्न यो विधेयक जरुरी छ”, मन्त्री पौडेलले भने, “यो धितोपत्र संशोधन विधेयक प्रस्तुत भएको हो, बजारमा अराजकता, अनुशासनहीनताको क्रियाकलाप हुन नदिन र लगानीकर्ताहरूलाई पीडित हुन नदिनका लागि प्रभावकारी नियमनको प्रबन्ध गरिएको छ ।”

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*