प्रतिकित्ता २७५ रुपैयाँमा एशियन लाइफको शेयर किन्ने अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ लाख ३० हजार कित्ता शेयर किन्न आवेदन दिने आज भदौ ११ गते अन्तिम दिन हो । कम्पनीले न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँमा साउन ३२ गतेदेखि उक्त शेयर बिक्री खुला गरेको थियो ।
सो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले किन्न पाउँछन् । शेयर किन्नका लागि बोलकबोल गर्दा घटीमा २ लाख कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई काठमाडौंको लाजिम्पाटस्थित बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडमा बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र आज अपरान्ह ३ बजेभित्र पेश गरिसक्नु पर्नेछ ।