भिजि मोटर्सले दुई चिनियाँ कम्पनीका पाँच वटा ब्राण्डका गाडीहरू सार्वजनिक
काठमाडौं। बिगत २४ वर्षदेखि गाडीको कारोबार गर्दै आएको भिजि मोटर्सले दुई चिनियाँ कम्पनीका पाँच वटा ब्राण्डका गाडीहरू सार्वजनिक गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक बिवेक बिजुक्क्षेले आफूले व्यक्तिगत रूपमा अध्ययन गरेर आफ्नै फ्याक्ट्री भएका कम्पनीबाट गाडी आयात गरिएको बताए ।
कम्पनीले एसआरएमका ११ सिटे माइक्रो बस, हाइब्रिड भ्यान, पिकअप सार्वजनिक गरेको छ । सबै गाडीहरू ब्याट्रीबाट सञ्चालित हुन्छन् । त्यस्तै, ज्वयलङ कम्पनीका दुई वटा माइक्रो बस सार्वजनिक गरेको छ । १७ सिटे र २० सिटे माइक्रो बसहरू ब्याट्रीबाट सञ्चालन हुनेछन् ।
भिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले नेपालमा व्यावसायिक विद्युतीय सवारी साधनको बढ्दो मागप्रति आशावादी रहेको बताए । उनले यो प्रवृतिलाई अगाडि बढाउन सरकारको भूमिका र ग्राहकको सहयोगलाई स्वीकार गर्दै यस आर्थिक वर्षको अन्त्यसम्ममा नेपालभर ११० चार्जिङ स्टेसन र १८ वटा विद्युतीय सवारी सेवा स्टेशन स्थापना गर्ने भिजी मोटर्सको योजनाको घोषणा पनि गरे।
मोटर्सको प्राथमिक उद्देश्य उनीहरूको नवीनता र दिगोपनको मिशनसँग मिल्दोजुल्दो असाधारण आफ्टर–कोर मूल्य प्रदान गरेर ग्राहकको अपेक्षाहरू पार गर्नु हो। त्यस्तै, कम्पनीका ठूला माइक्रोबसका निर्माता जोयलोङका जीएम झाङले विद्युतीय भ्यान डिजाइन गर्नका लागि अनुसन्धान, विकास र परीक्षणमा जोड दिएको बताएका छन् । अष्ट्रेलिया, सिङ्गापुर र मलेसिया जस्ता विकसित बजारमा लोकप्रिय रहेको जोयलोङका गाडीमा शक्तिशाली मोटर र ठूला ब्याट्री रहेको कार्यक्रममा जानकारी दिएका थिए ।
एसआरएमका जनरल म्यानेजर लि होङले गाडीको सुरक्षा, दीगोपनाको लागि कम्पनीले कुनै सम्झौता नगरिएको बताए । उनले नेपालको माटो सुहाउँदो गाडी उत्पादन गरेर आगामी दिनमा अझै उत्कृष्ट र गुणस्तरीय गाडी उत्पादन गर्ने बताए ।
जसले बजारमा रहेका अन्य सवारी साधनको तुलनामा असाधारण दायरा प्रदान गरेको उनले प्रकाश पारे । हाल नेपालको बजार एसेम्बली फ्याक्ट्रीहरूमा उत्पादित धेरै ब्रान्डका सवारी साधनहरूले भरिभराउ छ जसले बिक्री पछि सेवा समर्थन प्रदान गर्न सक्षम नहुन सक्ने बिषय पनि उजागर गरे ।
उनले ग्राहकहरूले आगामी धेरै वर्षसम्म बलियो बिक्रीपछिको सेवा र पार्टपुर्जाहरूको नेपालमै उपल्ब्ध हुने सुविधा समेत पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।