अभिकर्ताको चर्को विरोधपछि एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हटाउने तयारी, नियामावलीमा त्रुटी भएको प्राधिकरणद्धारा स्वीकार

१० भाद्र २०८१, सोमबार १२:४३

काठमाडौं । बीमा अभिकर्ताहरुको चर्को विरोधपछि नेपाल बीमा प्राधिकरणले अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हटाउने भएको छ। नेपाल बीमा प्राधिकरणले गत चैतमा बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० जारी गर्दै बीम अभिकर्ताले एकाघर परिवारको बीमा गर्न रोक लगाएको थियो ।

सो निर्देशिकाको दफा ३६ को उपदफा (३) मा ‘बीमा अभिकर्ताले आफू अभिकर्ता भई आफ्नो एकाघर परिवारको सदस्यको जीवन वा कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गराउन पाउने छैन भन्ने उल्लेख थियो ।

सो व्यवस्था परिमार्जन गरी पुरानै व्यवस्था लागू गर्न बीमा प्राधिकरणले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हटाउेने प्रस्ताव अघि बढाएको छ ।

बीमा प्राधिकरणले अभिकर्ताले एकाघर बीमा गर्न पाउने व्यवस्था नियामावलीमा त्रुटी भएको हुँदा सच्चाउन यो प्रस्ताव अघि बढाएको प्राधिकरणले स्वीकार गरेको छ। यो प्रस्ताव स्वीकृत गर्न बीमा प्राधिकरणको सञ्चालक समिति बैठक र अध्यक्षले पनि अधिकार पाउनेछन् । सम्भवत यो अधिकार अध्यक्ष सूर्य प्रसाद सूर्यवालले नै प्रयोग गरेर एकाघर परिवारको बीमा गर्न पाउने व्यवस्था स्वीकृत गर्ने देखिएको छ ।

बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले एकाघर परिवारको बीमा गर्न नपाउने अभिकर्ताको व्यवस्था हटाएर पुन बीमा गर्न पाउने व्यवस्था गराउने व्यवस्था लागू गर्ने तयारीमा लागेको बताएका छन् । बीमा नियामावलीको डाफटमा मिस्टेक भएको कारण हामीले सच्चाउन लागेको सुवेदीले जानकारी दिएका हुन् ।

बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० संशोधन एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हटाएको प्रस्ताव त्रुटीको कारण संसोधन गर्न लागिएको उनले बताएका हुन् ।

उक्त प्रस्ताव स्वस्कृत गरी पुरानै व्यवस्था लागू गरी बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० संशोधन गर्ने तयारी गर्न लागिएको उनले बीमापोष्टलाई जानकारी दिएका छन् ।
अभिकर्ताले बीमा प्राधिकरणले बीमा प्राधिकरणको एकाघर बीमा गर्न नपाउने व्यवस्थाको चर्को विरोध समेत गरेको थियो । यो व्यवस्था संसोधन नभए आफूहरु आन्दोलनमा जाने भन्दै पेशागत बीमा अभिकर्ता संघ नेपालले चर्को विरोध समेत गरेका थिए ।

पेशागत बीमा अभिकर्ता संघका महासंघका महासचिव ओम केसीले बीमा प्राधिकरणमा एकाघर परिवार बीमा गर्न नपाउने व्यवस्था हटाउने बिषयमा बसेको छलफलमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले बोर्डको बैठकमार्फत हटाउने दिनुभएको प्रतिवद्धता पूरा गरेकोमा खुसी व्यक्त गरेका छन् । प्राधिकरणले अभिकर्ताको हितमा नियामावली संसोधन गर्ने आश्वासन संघलाई दिएको छ । योसँगै बीमा अभिकर्ताहरुले आधा दर्जन मागहरु नियामावलीमा संसोधनको लागि दिएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*