सुर्यज्योति लाइफको ‘कर्पोरेटमिट’ भव्य रुपमा सम्पन्न, राजिव, सुरेशराज र रमेशसहित कर्पोरेट मार्केटिङका कर्मचारी पुरस्कृत

१० भाद्र २०८१, सोमबार ०८:३१

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मानसहितको ‘कर्पोरेट मिट’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । गत शनिबार काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा आयोजित कर्पोरेट मिट कार्यक्रममा देशैभरिका कर्मचारी, सिईओ सहितका उच्च व्यवस्थापन तथा सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

सुर्यज्योति लाइफले उत्कृष्ट कर्मचारीको रुपमा ‘उत्कृष्ट अतिरिक्त योगदानकर्ता कर्मचारी’ (बेष्ट इम्प्वाईमेन्ट एक्ट्रा माइल) को उपाधी राजिव डिसीले प्राप्त गरेका छन् । डिसीलाई ट्रफीसहित सम्मानित गरिएको हो । ‘कार्य सम्पादनमा उत्कृष्ट कर्मचारी’को उपाधीबाट सुरेशराज जोशीलाई सम्मान गरिएको छ । उनलाई ‘आईडिया इनटु एक्सन’ उत्कृष्ट कर्मचारी घोषणा गरिएको हो ।

कार्यक्रममा रमेश केसीलाई सिर्जना र नतिजामुखी कार्यमा उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको कम्पनीले जनाएको छ । कम्पनीको उत्कृष्ट विभागको रुपमा कर्पोरेट सेल्स मार्केटिङ विभाग उत्कृष्ट भएको छ । अर्चना केसीले पुरस्कार तथा ट्रफी ग्रहण गरेकी छिन् । सुर्यज्योति लाइफमा यस वर्षको उत्कृष्ट विभागको रुपमा कर्पोरेट मार्केटिङले जित्न सफल भएको छ ।
कम्पनीले बिजेता टिमका प्रमुख तथा कर्मचारीहरुलाई सिईओ प्रकाश बिक्रम खत्री तथा सञ्चालक समितिका सदस्यहरु हेमन्त नाहाटा र नमिता शर्माले नगद पुस्कार तथा ट्रफी हस्तान्तरण गरेका थिए ।

एक दिने कर्पोरेट मिट कार्यक्रममा सिईओ प्रकाश बिक्रम खत्रीले मन्तव्य दिँदै आव २०८०।८१ मा उल्लेख्य भूमिका निर्वाह गर्ने कर्मचारीहरु तथा अन्य सबै कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे । सिईओ खत्रीले सबै कर्मचारीहरुलाई आगामी दिनमा अझै नतिजामुखी र बीमितमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । कार्यक्रममा डेपुटी सिईओ पवन खड्काले कर्पोरेट मिट कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए ।

सोही कार्यक्रमको अवसर पारेर कम्पनीले आफ्ना कर्मचारीहरुलाई कर्पोरेट संसार र आध्यात्मिक सम्बन्धबारे प्रशिक्षण दिएको छ । इसकन नेपालका सचिव रुपेश्वर गौर दासले आध्यात्मिक चेतना र कर्पोरेट क्षेत्रमा लागू गर्नुपर्ने विषयहरु तथा मानिसको जीवनमा अपनाउनुपर्ने केही टिप्सहरु प्रदान गरेर कर्मचारीहरुलाई उत्प्रेरणा प्रदान गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*