सुनकोशी नदीमा खसेको जिपसहित खसेका तीन जना अझै फेला परेन, खोज्ने क्रम जारी

९ भाद्र २०८१, आईतवार १९:४१

काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपसहित खसेका तीन जना अझै फेला परेका छैनन् ।

शनिबार साँझ जिपसहित नदीमा बेपत्ता भएका व्यक्तिको २४ घण्टासम्म खोजी गर्दा पनि फेला पर्न नसकेका हुन् । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोलीले सुनकोशीमा खोजी गरे पनि मान्छे फेला पर्न नसकेको प्रहरीले जनाएको छ।m

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडी शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशीमा खसेको थियो ।

प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् । गाडीबाट हामफालेर बाहिर निस्केका सुशान्त कक्षपति भने सामान्य घाइते छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*