भोलि सार्वजनिक विदा
९ भाद्र २०८१, आईतवार १९:२७
काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ । श्री कृण्ण जन्माष्टमीको अवसरमा गृह मन्त्रालयले विदा दिने निर्णय गरेको हो ।
भोलि शेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा विद्यालयहरू बन्द रहने भएका छन् । यससँगै अब मंगलबार मात्र शेयर बार खुल्ने भएको छ ।