सिडिएस एण्ड क्लियरिङको कायम मुकायम सीइओको जिम्मेवारी कन्चन सापकोटालाई

९ भाद्र २०८१, आईतवार १९:२३

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा आजदेखि प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको छ । सीईओ रहेका पूर्ण प्रसाद आचार्यको चार वर्षे कार्यकाल सकिएसँगै हिजोबाट उक्त पद रिक्त भएको हो ।

सिडिएसको आज आइतबार बिहान बसेको संचालक समितिको बैठकले सिडिएसकी उपप्रबन्धक कन्चन सापकोटालाई अर्को व्यवस्था नभएसम्मको लागि कायम मुकायम सीइओको जिम्मेवारी दिएको छ ।

यस अघिका सीइओ आचार्यले २०७७ भदौ ९ गतेबाट कार्यभार सम्हालेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*