आइएमई लाइफको कामु सिईओमा दिनेश अमात्य नियुक्त, ३० वर्ष अनुभवी अमात्यले कम्पनी हाक्ने

९ भाद्र २०८१, आईतवार १७:४७

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ कवि फुयाँलले पदबाट राजिनामा दिएपछि रिक्त भएको सिईओमा तत्कालको लागि नायब कार्यकारी निर्देशक दिनेश अमात्य नियुक्त भएका छन् ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई कामु सिईओको जिम्मेवारी तोकेको हो । अमात्य बरिष्ठ डेपुटी सिईओका रुपमा कम्पनीमा कार्यरत रहेका थिए ।

नेपाली जीवन बीमा क्षेत्रमा ३० वर्षभन्दा लामो अनुभव भएका अमात्यले आजबाट कम्पनीको कामु सिईओको जिम्मेवारी सम्हालेका छन् । अमात्य यसअघि तत्कालिन सुर्या लाइफमा थिए । त्यसअघि नेशनल लाइफमा काम गरेका अमात्य नेपाली जीवन बीमा क्षेत्रमा पर्याप्त ज्ञान भएका कुशल बीमा प्रशासक हुन् ।

One thought on “आइएमई लाइफको कामु सिईओमा दिनेश अमात्य नियुक्त, ३० वर्ष अनुभवी अमात्यले कम्पनी हाक्ने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*