शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई दाँजेर हेर्दा, कुन सूचकमा को अब्बल ? (सूची सहित)
काठमाडौं । शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपालमा स्थापित निर्जीवन बीमा कम्पनी हुन् ।
तीन बीमा कम्पनीहरुले आर्थिक वर्ष ८०/८१ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । तीनै निर्जिवन बीमा कम्पनीहरुले बीमा प्राधिकरणको निर्देशन अनुसार पुँजी पुराईसकेका छन् ।
शिखर इन्स्योरेन्सको पुँजी प्राधिकरणले तोकेको समय अघि नै अधिकतम रहेको थियो । सो कारण कम्पनीले पुँजी पुराउन अन्य कम्पनीहरु झै कसरत गनु परेन । साविकको सगरमाथा र लुम्बिनी मर्जर भई बनको सगरमाथा लुम्बिनी इन्स्योरेन्स र साविकको सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्जर भई बनेको सिद्धार्थ प्रिमियमले प्राधिकरणको निर्देशन अनुसार पुँजी पुराउन मर्जरको प्रकृया अघि बढाएको थियो । मर्जर प्रकृया पछि दुई कम्पनी थप बलियो बनेको चौथौ त्रैमासको वित्तिय विवरणले पुष्टि गरेको छ ।
यी तीन कम्पनीबीच बीमापोष्टले गरेको तुलनात्मक अध्ययन :
चुक्ता पूँजीको आधारमा
चुक्ता पूँजीको आधारमा यी तीन वटा निर्जीवन बीमा कम्पनी मध्ये सिद्धार्थ प्रिमियर अब्बल रहेको छ । कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड ६५ लाख छ । दोस्रोमा शिखरको रू. २ अर्ब ६५ करोड ४९ लाख छ भने सलिकोको रू. २ अर्ब ६२ करोड २६ लाख छ ।
रिजर्भ फण्डको आधारमा
रिजर्भ फण्डको आधारमा हेर्दा सिद्धार्थ प्रिमियर रू. ४ अर्ब ८६ करोड ९२ लाख सहित अग्रस्थानमा छ भने दोस्रोमा रू. ३ अर्ब ७२ करोड ५२ लाख सहित सलिको छ । शिखरको रिजर्भ फण्डमा रू. २ अर्ब ७७ करोड ६७ लाख छ ।
इन्स्योरेन्स फण्डको आधारमा
यी तीन कम्पनीमा इन्स्योरेन्स फण्डलाई आधार मानेर हेर्दा रू. ६ अर्ब ९० करोड ५७ लाख सहित सलिको अग्रस्थानमा छ । त्यस्तै रू. ५ अर्ब १५ करोड ५३ लाख सहित शिखर दोस्रो र अन्तिममा ४ अर्ब ९६ करोड ४ लाख सहित सिद्धार्थ प्रिमियर छ ।
कुल बीमाशुल्कको आधारमा
यसका आधारमा हेर्दा शिखर इन्स्योरेन्स रू. ५ अर्ब ३८ करोड ५० लाख रुपैयाँ सहित अगाडि छ । दोस्रोमा रू. ४ अर्ब ६७ करोड २३ लाख सहित सलिको र तेस्रोमा सिद्धार्थ प्रिमियरको रू. ४ अर्ब ११ करोड ७८ लाख छ ।
खुद बीमाशुल्कको आधारमा
गत वर्ष सिद्धार्थ प्रिमियरले रू. १ अर्ब ९८ करोड ८४ लाख खुद बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै सलिकोले रू. १ अर्ब ९१ करोड र शिखरले १ अर्ब ५६ करोड १२ लाख आर्जन गरेको छ ।
कुल दाबी भुक्तानीको आधारमा
यसका आधारमा हेर्दा गत वर्ष सलिकोले सर्वाधिक रू. २ अर्ब ८३ करोडबढी दाबी भुक्तानी गरेको छ । यता शिखरले रू. २ अर्ब २४ करोड र सिद्धार्थ प्रिमियरले रू. २ अर्ब १४ करोड दाबी भुक्तानी गरेको देखिन्छ ।
कुल खर्चका आधारमा
गत वर्ष सलिकोले अत्यधिक रू. २ अर्ब १० करोड खर्चिएको छ । सिद्धार्थ प्रिमियरले रू. २ अर्ब र शिखरले रू. १ अर्ब ८६ करोड खर्चिएको छ ।
खुद नाफाका आधारमा
गत आर्थिक वर्षमा सिद्धार्थ प्रिमियर रू. ६९ करोड २३ लाख खुद नाफा सहित अग्रस्थानमा छ भने दोस्रोमा सलिकोले रू. ६० करोड ८९ लाख खुद नाफा कमाएको छ । यता शिखले रू. ५१ करोड ३० लाख यस्तो नाफा गरेको देखिन्छ ।
बीमालेख बिक्रीका आधारमा
गत आवमा शिखरले सर्वाधिक ३ लाख १७ हजार १५७ वटा बीमा पोलिसी बिक्री गरेको छ । सिद्धार्थ प्रिमियरले २ लाख ९९ हजार ४७ वटा र सलिकोले २ लाख ८६ हजार ३६७ वटा बीमा लेख जारी गरेको देखिन्छ ।
ईपीएस र एनपीएसका आधारमा
प्रतिशेयर आम्दानी (ईपीएस) लाई आधार मानेर हेर्दा सिद्धार्थ प्रिमियरको रू. २४.६७ छ भने सलिकोको रू. २३.२२ र शिखरको रू. १९.३२ छ । एनपीएसमा पनि सिद्धार्थ प्रिमियर रू. २७३.५०, सलिको रू. २४२.०४ र शिखर रू. २०४.५९ ले क्रमशः प्रथम, दोस्रो र तेस्रोमा छन् ।
पीई अनुपातका आधारमा
पीई अनुपातलाई आधार मानेर हेर्दा शिखरको ३७.४२ गुणा, सिद्धार्थ प्रिमियरको ३५.५५ गुणा र सलिकोको ३१.३१ गुणा छ ।
माथि समाचारमा उपलब्ध तथ्याङ्क कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आधारबाट तयार गरिएको हो । शेयर कारोबारको लागि लगानीकर्ताले कारोवारको अन्तिम निर्णय लिनु अघि कम्पनीको बारेमा थप अनुसन्धान गनुपर्ने हुन्छ ।