आइएमई लाइफका सिईओ कबि फुयाँलद्वारा राजिनामा

९ भाद्र २०८१, आईतवार १६:१७

काठमाडौं । आइएमइ लाइफका सिईओ कवि फुयाँलले पदबाट राजिनामा गरेका छन् । यही भदौं ७ गतेदेखि दोस्रो कार्यकाल सुरु गरेका सिईओ फुयाँलले गत शुक्रबार नै पद त्याग गरेका हुन् ।

दोस्रो कार्यकालका लागि नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत लिइसकिएको अवस्थामा दोस्रो कार्यकाल सुरु नहुँदै पदबाट राजिनामा दिएका छन् । उनकाे राजिनामा गत शुक्रबार नै सञ्चालक समितिले स्वीकृत गरिसकेकाे छ ।

कम्पनीले नेप्सेलाई पठाएको पत्रमा भने कार्यकाल समाप्त भएको जानकारी दिइएको उल्लेख छ । उनको कार्यकाल यही भदौं ६ गते सकिएको थियो । बीमा प्राधिकरणबाट नविकरण गरेर ल्याइसकिएको अवस्थामा नयाँ प्रक्रिया अघि नबढाउन दुवै पक्ष सहमत भई पदावधी समाप्त गर्ने निर्णय भएको छ ।

गत शुक्रबार निवर्तमान सिईओ फुयाँल चार घण्टा सञ्चालक समितिको मिटिङमा बसेका थिए । फुयाँलले व्यक्तिगत कारणले राजिनामा दिएकाे बताए । उनले आफनो कार्यकालमा कम्पनीलाई उत्कृष्ट बनाउन सफल भएका थिए । चार वर्ष अघि फुयाँल सिईओ हुँदा कम्पनीकाे मुनाफा तीन कराेड थियाे भने अहिले ५१ कराेड पुर्याउन सफल भएका छन् ।

आइएमई लाइफले गत आवको वित्तीय विवरणमा देशको तेस्रो ठूलो मुनाफा गर्ने कम्पनीको रुपमा परिचय बनाउन सफल भएको छ । आइएमइ लाइफ इथिकल बीमा व्यवसाय गर्ने कम्पनीमा दर्ज गराएर मुनाफा बढाउन सफल हुनुले फुयाँलले कुशलता प्रदर्शन गर्न सफल भएको तथ्यहरुले देखाउँछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*