शेयर बजारमा भारी गिरावटः नेप्से २९०० को विन्दु मुनि, १२ उपसमूह राताम्मे
९ भाद्र २०८१, आईतवार १५:०८
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा कायम भएको छ । यस दिन ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड बढीको कारोबार भएको छ ।
आज फाइनान्स उपसमूह १.०८ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूहमा भारी गिरावट आएको छ । नेप्से उच्च अंकले घटेसँगै आज नेप्सेमा सूचीकृत १८४ वटा कम्पनीहरूको शेयरभाउ घटेको छ ।
आज मन्दाकिनी हाइड्रोपावर, १०.२५% केबिएल डिबेन्चर २०८६, कुथेली बुखरी स्मल हाइड्रोपावर, १०.२५% एसबिएल डिबेन्चर २०८३, १०.२५% एनबिबिएल डिबेन्चर २०८५, मेन्छियाम हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, पिपुल्स हाइड्रोपावर र रिलायन्स फाइनान्सको सर्वाधिक शेयरमूल्य घटेको छ ।