रिलायबल नेपाल लाइफ मुर्गिया शाखाद्वारा अभिकर्तालाई उत्प्रेरणा र सम्मान

९ भाद्र २०८१, आईतवार १४:०३

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुर्गिया शाखाले अभिकर्तालाई उत्प्रेरणा प्रदान गर्दै सम्मान गरेको छ ।

कम्पनीले शनिबार एक कार्यक्रमको आयोजना गर्दै गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई थप उत्प्रेरणा प्रदान गर्दै सम्मान गरेको हो । साथै कम्पनीले महिला अभिकर्तालाई लक्षित गरेर आउँदै गरेको पर्व तीजको दर समेत खुवाएको शाखा प्रमुख गणेश गैरेले बताए ।

उक्त कार्यक्रम कम्पनीका मार्केटिङ विभाग प्रमुख शैलेन्द्र श्रेष्ठको आतिथ्यता र चितवन तथा लुम्बिनी प्रदेश प्रमुख राजेन्द्र पौडेल, एमडीआरटी पशुपति बश्याल, उमेश गिरी र कमला जीसी कुँवरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र श्रेष्ठले निरन्तर मेहनत तथा लगनले काम गर्न सके जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्न सकिने बताउँदै सबैलाइ आफ्नो कार्यमा निरन्तर रूपमा लागि पर्न आग्रह गरे ।

सभ्य र भव्य रुपमा सम्पन्न कार्यक्रमको सञ्चालन युवा समाजसेवी लक्ष्मण पौडेलले गरेका थिए ।

कार्यक्रममा एजेन्सी म्यानेजरहरू सोभा घिमिरे, होम कुमारी शाही ठकुरी, विष्णु सापकोटा, तुलशा भुसाल लगायत ७५ जनाभन्दा बढी अभिकर्ताहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*