बैंकिङ समूहको प्रदर्शन राम्रो हुँदा यी १० बैंकको सर्वाधिक शेयर मुल्य वृद्धि

९ भाद्र २०८१, आईतवार १०:१५

काठमाडौंं । केही महिनायता सेयर बजारभन्दा बैंकिङ समूहको प्रदर्शन राम्रो रह्यो । समग्र बजारको परिसूचक नेप्से ४७।३ प्रतिशत मात्रै बढ्यो । तर यहीं अवधिमा बैंकिङ समूहको सूचक भने ६२।८ प्रतिशत बढ्यो ।

जेठ ३ गते २०१८ मा रहेको नेप्से परिसूचक गत बिहीबार बजार बन्द हुँदा १९७४ अंकमा छ । बैंकिङ समूह सूचक जेठ ३ गते १०५१ अंकमा रहेकोमा हाल १७१२ अंकमा छ ।

बजारमा यो समूहमा तुलनात्मक रुपमा महँगाभन्दा सस्ता बैंकको मूल्य वृद्धिदर उच्च देखिन्छ । हाल बैंकिङ समूहमा सबैभन्दा महँगो बैंक एभरेस्ट बैंक हो । जसको मूल्य बिहीबार बजार बन्द हुँदा ७६६ रुपैयाँ छ भने एभरेस्टलाई स्टान्डर्ड चार्टर्डले न्यून मूल्यान्तरले पछ्याइरहेको छ ।

स्टान्डर्डको मूल्य ७६४ रुपैयाँ छ । कहिले एभरेस्ट त कहिले स्टान्डर्ड चार्टर्ड बैंक बजारमा यो समूहका मूल्यवान कम्पनी बन्दै आएका छन् ।

विगत ३ महिनामा प्रभु बैंकको मूल्य सबैभन्दा धेरै बढेको छ । यो बैंकको मूल्य तीन महिनामै दोब्बर भएको छ । जेठ ३ गते यस बैंकको मूल्य प्रतिकित्ता १३९ रुपैयाँ रहेकोमा हाल २७९ रुपैयाँ पुगेको छ । यसको अर्थ तीन महिनाअघि प्रभु बैंकमा लगानी गर्नेको सेयर मूल्य अहिले १०० प्रतिशत बढेको छ ।

प्रभुपछि कुमारी, लक्ष्मी सनराइज, नेपाल इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, नेपाल एसबीआई, सिटिजन्स, हिमालयन, कृषि विकास र सिद्धार्थ बैंक मूल्य धेरै बढ्नेमा टप १० भित्र पर्छन् । यी सबैको मूल्य तीन महिनामा समूहको औसत वृद्धि ९६२।८ प्रतिशतभन्दा० धेरै बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*