कस्तो हुन्छ अर्थतन्त्र र सेयर बजारको सम्बन्ध ?

रिसव गौतम
९ भाद्र २०८१, आईतवार १०:२७

 

शेयर बजार लगानीकर्ताहरुले सार्वजनिक रुपमा कारोबार भएका कम्पनीहरुको शेयर खरिद विक्रि गर्न सक्ने थलो हो । त्यस्तो श्ोयर बजारलाई आज संसारभर नै अर्थतन्त्रको एैनाको रुपमा हेरिन्छ । कुनै देशको शेयर बजार परिसुचक उच्च छ । कारोबार उच्च छ । शेयर बजारले लगानीकर्ताहरुको मनोबल बढाइरहेको छ भने त्यस देशको अर्थतन्त्र पनि सवल, गतिशिल एवं तथ्याकीय हिसावले पनि सही ठाउँमा छ भनेर हेरिन्छ । यदी शेयर बजारको नुर गिरेको छ, कारोबार उत्साहप्रद छैन ।

इन्डेक्सहरु घटिरहेका छन् भने त्यस देशको अर्थतन्त्र पनि ओरालो लागेको, मन्दीले घेरेको बुझाउँछ । त्यसकारण शेयर बजार र अर्थतन्त्रको सम्बन्ध अधिक छ । अझ शेयर बढ्छ कि बढ्दैन, शेयर बजारको विधमान उत्साह कायम रहन्छ कि रहँदैन ? भनेर आम जिज्ञाशा हुन्छ । त्यसको उत्तर सरकारको हातमा छ । अर्थतन्त्रको विधमान अवस्था र भविष्यको पुर्वाभाषमा भर पर्छ । कुनै सरकारले विकास निर्माणलाई तेजस्वी बनाउन सक्छ भन्ने आम पब्लिकमा आशा भयो भनेपनि शेयर बजारमा उत्साह देखिन्छ । तर सरकारप्रति, उसका नीति प्रति र प्राथमिकता प्रति जनतालाई अथवा लगानीकर्तालाई भरोषा भएन भनेपनि शेयर बजार नकारात्मक दिशा समात्छ ।

अर्थतन्त्र र शेयर बजार

शेयर बजार अर्थतन्त्रको मुख्य पिल्लर भएकैले पनि यसले व्यवसायको समन्नुनती, औधोगिक विकास मात्र होइन पुरै अर्थतन्त्रको स्वास्थ्यमा महत्वपुर्ण प्रभाव पार्दछ । संसारभरकै अर्थतन्त्रमा शेयर बजारले पार्ने प्रभाव करिव उस्तै र उही हो । त्यसकारण शेयर बजारको बारेमा नेताहरुले, त्यसमा पनि जनतामा प्रभाव रहेका नेताहरुले (वर्गिय समाजमा सबै नेताहरुको आफना–आफना प्रभाव हुन्छन्नै ) वेला कुवेला शेयर बजार प्रति नकारात्मक धारणा राख्नु सर्वदा गलत हो । त्यसकारण पनि जनताको अथाह लगानी रहेको शेयर बजार प्रति बोल्दा कुनैपनि देशका गर्भनर, सरकारका आर्थिक सल्लाकार, बजारसँग सम्बन्धीत संस्थाका अधिकारीहरुले संवेदनशीलता माथी आघात पुर्याउँदैनन् ।

फेरी शेयर बजार यस्तो पेल्टफर्म हो, जहाँ कम्पनीहरुले पुँजी उठाउँछन् र लगानीकर्ताहरुले आफनो सम्पत्ति बढाउँछन् । यी दुबै गतिविधिले शेयर बजारलाई पनि र समग्र अर्थतन्त्रलाई पनि सहयोग पुग्दछ । पछिल्लो समय त धेरैजसो ठुला व्यवसायिक संग संगठन, उत्पादनमुक कम्पनीहरु समेत नेपाल स्टक एक्चेन्ज – नेप्से) मा क्रमश सुचिकृत हुन थालेपछि शेयर बजारमा हुने ब्यापारले आम पब्लिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष असर गर्न थालेको छ । हरेक उत्पादन, रोजगारी र हामीले बनाउने योजनाहरुमा पनि त्यसले असर गर्दछ । त्यसकारण शेयर बजार र अर्थतन्त्र एक अर्कामा अन्योन्याश्रित छन् । दुबैलाई अलग्गै राखेर हेर्न नसकिने अवस्था छ । त्यसकारण शासकहरुले शेयर बजारलाई ‘इग्नोर’ गरेर अघाडी बढ्न सक्दैनन् ।

त्यसकारण पनि शेयर बजारको ट्रेन्ड बुझन समग्र अर्थतन्त्रको हालत केलाउन जरुरी छ । बाठा र व्यवसायिक लगानीकर्ताहरुले शेयर बजार मुल्यहरु र प्रक्षेपण बुझन आर्थिक डाटाहरु स्क्यान गर्छन् । तर हामीकहाँ शेयर बजारको विश्लेषण केही प्राविधिक शब्दावलीहरु रचेर, कम्पनीहरुका आशिंक नाफा घाटा केलाएर, गोयबल्स हल्लाहरु चलाएर, लगानीकर्ताहरुलाई अल्मल्याएर गरिन्छ । तर, कुरा यत्ति हो कि, शेयर बजारको दिगो बढोत्तरीको लागि सरकारले ल्याउने केही आशाप्रद नीतिले मात्र होइन् अर्थतन्त्र नै सवल र निरन्तर अगााडी बढेको हुनुपर्छ । त्यसले मात्र शेयर बजारको उत्साह कायम गराइ राख्नेछ । अन्यथा त्यो दिगो हुन सक्दैन । जसरी शेयर बजारमा लगानी गर्नेहरुले देशको आर्थिक अवस्थाको मुल्याकन गर्छन् त्यसरी नै देशको अर्थव्यवस्थाको प्रक्षेपण गर्न शेयर बजार सुचकाकंहरुको ट्रर्याक राख्ने गरिन्छ ।

यद्यपी शेयर बजारमा विभिन्न अरु कारकतत्वहरुको प्रभाव रहन्छ । जसले राष्ट्रको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा असर गर्दैन । उदाहरणका लागि प्राकृतिक प्रकोप, ब्याजदर देखि करको दरसम्म सबै कुराले शेयरको मुल्यमा असर गर्छ । तर अर्थतन्त्रमा त्यसको तात्विक असर भने हुदैन । अर्को शेयर खरिद वा लाभासंमा प्रत्यक्ष प्रभाव पार्ने कानुनमा कुनै परिवर्तन भएमा त्यसले प्रत्यक्ष रुपमा शेयरको मुल्यमा असर गर्छ । खासगरी शेयर बजारले कुनैपनि घटना वा परिवर्तनमा तिव्र प्रतिकृया दिन्छ । तर कुल ग्राहस्थ उत्पादनमा भने त्यस्ता परिवर्तनले असर गर्दैन ।
यसरी समग्रमा अर्थतन्त्र र सेयर बजार एक अर्कामा मिलाएर चल्छन् । तर सधै भने होइन् । सेयर बजार र आर्थिक कार्यसम्पादन सधैँ मिल्दैन । अर्थात बलियो सेयर बजारको प्रर्दशनले सधैँ बढ्दो अर्थतन्त्रलाई पनि इगित गर्दैन । तर धेरैजसो अवस्थामा देशको आर्थिक सुदृढीकरण र गतिशिलताले शेयर बजारलाई साथ दिन्छ ।

नेपालमा सेयर बजार

नेपालमा केही बर्षयता आर्थिक क्षेत्रमा आएको शिथिलता, बढ्दो बेरोजगारी, युवा पलायन, उपभोक्ता मागमा आएको कमी लगायत अरु विभिन्न कारणले शेयर बजार निरन्तर गिरेको हो । कोभिड १९ र रुस युक्रेन युद्धको नकारात्मक प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको हो । तर पछिल्लो एक बर्षयता नेपालको अर्थतन्त्रको बाह्य परिसुचक निरन्तर सुधारिएको देखिन्छ । रेमिट्यान्स गत आर्थिक बर्षमा १४ प्रतिशतले बढेर १४ खर्ब पार गरेको अवस्था छ । विदेशी विनिमय सञ्चिति २० खर्ब अर्थात १३ महिनाको आयात धान्न पुग्ने राष्ट्र बंैकको भनाइ छ । आयात र निर्यात दुबै घटेपनि शोधानान्तर घाटाको अवस्था सुधारिएर नाफामा पुगेको छ । बैंकहरुमा न्युन तरलताको अवस्था सुधारिएर प्रर्याप्त तरलताको अवस्था छ । मुद्रास्फीति सन्तुलित हुँदै गएको छ । र, केपि ओली नेतृत्वको नयाँ सरकार आएपछि शेयर बजारले पनि लय समात्न थालेको देखिन्छ । अर्थात अब चाँही केही हुन्छ भन्ने जस्तो लगानीकर्ताको मनोबल बढ्न थालेको छ । शेयर बजारमा सुचिकृत कम्पनीहरुको अघिल्लो आर्थिक बर्ष भन्दा गत बर्षको वित्तीय विवरणहरु निकै सुधारिएर आएको अवस्था छ । यत्ति हो, नयाँ सरकारले पुजँीगत खर्च बढाउनु पर्ने, राजस्व आय बढाउनु पर्ने, आर्थिक गतिशिलतालाई बढाउनु पर्ने आवश्यकता देखिन्छ । त्यसको लागि सरकारकै स्वायत्त निकाय राष्ट्र बैंकले आर्थिक गतिविधि बढाउन खुकुलो गरी मौद्रिक नीति ल्याइसकेको छ । जसले घरजग्गा तथा अन्य साना तथा मझौला उद्यम व्यवसायका लागि भुमिका खेल्ने आशा गर्न सकिन्छ । फलस्वरुप अर्थतन्त्रमा सुधार आउनेछ् । जसको सकारात्मक प्रभाव शेयर बजारमा पर्नेछ । यसरी शेयर बजार र समग्र देशको अर्थतन्त्रबीच गहिरो एवं अन्योन्याश्रित सम्बन्ध छ । फलस्वरुप अर्थतन्त्र उकालो लाग्दा वा लाग्ने अवस्था सिर्जना हुदा निश्चित रुपमा शेयर बजार बढ्छ । आरालो लाग्ने अवस्था देखिए शेयर बजार घट्छ ।

गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*