शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जित्यो

८ भाद्र २०८१, शनिबार १३:०६

काठमाडौं । इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको छ ।

इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा शाइन रेसुंगाले नेपालबाट ‘बेस्ट बैंक’ सहित बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटोगोरीमा पनि उत्कृष्ट हुंँदै तीन अवार्ड जित्न सफल भएको हो ।

 

अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए ।

शुक्रबार नयाँ दिल्लीमा आयोजित समारोहमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गरेका थिए ।

 

नेपालबाटै एनआईसी एशिया बैंकले बेस्ट पर्फमेन्स अन डिजिटल बैंकिङ शीर्षकमा र गरिमा विकास बैंकले बेस्ट पर्फमेन्स अन एसेट म्यानेजमेन्ट ९सम्पत्ति व्यवस्थापन० क्याटोगोरीमा अवार्ड जितेका छन् ।

 

इण्डियन च्याम्बर अफ कमर्सले गत वर्षदेखि वितरण गर्न सुरु गरेको यो अवार्डमा शाइन रेसुंगाले पहिलोपटकमै बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरीमा उत्कृष्ट हुँदै अवार्ड जितेको थियो ।

अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सुचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरुमा उत्कृष्ट भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*