संखुवासभा केन्द्रबिन्दु बनाएर ३.९ म्याग्निच्युटको भूकम्प

७ भाद्र २०८१, शुक्रबार १६:२३

काठमाडौं । संखुवासभा केन्द्रबिन्दु बनाएर ३।९ म्याग्निच्युटको भूकम्प गएको छ।

आज दिउँसो ३ बजेर ७ मिनेटमा ३।९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रको भनाइ छ । भूकम्पबाट के कति क्षति भयो भन्ने बारे यकिन भइनसकेको र विवरण संकलन भइरहेको संखुवासभा प्रशासनले जनाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*