राष्ट्र बैंकद्धारा पाँच कम्पनीको इजाजतपत्र खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।
खारेजीमा परेका रेमिट्यान्स कम्पनीहरुमा ग्लोबल माउन्टेन रेमिट प्रालि,राम्रो रेमिट प्रालि, संसार रेमिट प्रालि ललित मनि ट्रान्सफर प्रालि र माक्स मनि ट्रान्सफर रहेका छन् ।
विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका ती रेमिट्यान्स कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ ९प्रथम संशोधनसहित० को विनियम १३ को उप ९ विनियम ९१०० को खण्ड ९ङ० र सोही विनियमको उपविनियम ९११० को खण्ड ९क० र ९ग० बमोजिम स्वतः खारेज हुने देखिएका केन्द्रीय बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
ती कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विदेशी विनिमय विभागमा लिखित निवदेन पनि सूचनामा भनिएको छ ।