मुग्लिन–नारायणगढ सडकखण्डमा ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना
७ भाद्र २०८१, शुक्रबार १५:३४
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १स्५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको पुगेको प्रहरीले जनाएको छ।
उनका अनुसार दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरमा पठाइएको छ । उनीहरु सबैको अवस्था सामान्य छ ।
यसअघि मुग्लिन–नारायणगढ सडकखण्डमा निजी कार र सार्वजनिक माइक्रो बसमा पनि ढुंगा खसेर लागेको थियो ।