मुस्ताङको बोक्सीखोलामा भीषण हिम पहिरो, सतकर्ता अपनाउन प्रशासनको आग्रह

७ भाद्र २०८१, शुक्रबार १५:३४

काठमाडौं । मुस्ताङको बोक्सीखोलामा भीषण हिम पहिरो गएको छ ।

पहिरोले बोक्सीखोला पुरेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले खोला आसपासका बासिन्दालाई सतकर्ता अपनाउन आग्रह गरेको छ ।

पहिरोले बोक्सी खोला पुरेपछि जुनसुकै बखत खोला खुलेर बाढी आउन सक्ने भएकाले खोला आसपासका बासिन्दालाई सतकर्ता अपनाउन भनिएको प्रशासनले जनाएको छ ।

अघिल्लो साता हिमताल फुटेर सोलुखुम्बुको थामे गाउँमा आएको भीषण बाढीले गाउँ नै बगरमा परिणत गरिदिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*