नेपाल धितोपत्र बोर्डमा रोजगारीको आवेदन, दिने हैन त आवेदन

७ भाद्र २०८१, शुक्रबार ११:३०

काठमाडौं। नेपाल धितोपत्र बोर्डले रिक्त विभिन्न पदमा आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न पदमा ६ जना कर्मचारी भर्ना गर्न बोर्डले दरखास्त आह्वान गरेको हो।

बोर्डले प्रशासनतर्फ सहायक निर्देशक दुईजना, वरिष्ठ सहायक एकजना र सहायक तीनजना गरी ६ जनाका लागि दरखास्त खुलाएको छ।

योग्यता पुगेका इच्छुक नेपाल नागरिकले भदौ २७ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भने असोज ३ गतेसम्म आवेदन दिन व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*