नेशनल फण्डको अवितरित हकप्रद बिक्री प्रक्रिया रद्द
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले अवितरित हकप्रद शेयरको बिक्री प्रक्रिया रद्द गरेको छ । कम्पनीले भदौ १३ गतेदेखि २० गतेसम्म लिलामी प्रक्रियाद्वारा बिक्री गर्ने भनेको ११ लाख ७२ हजार कित्ता शेयरको बिक्री प्रक्रिया रद्द गरेको हो । कम्पनीले भदौ ६ गते उक्त शेयर बिक्रीका लागि सूचना जारी गरेको थियो ।
कम्पनीले जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूका लागि २ः१ अनुपातमा ५४ लाख कित्ता हकप्रद शेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म बिक्री खुला गरेको थियो । उक्त अवधिमा वितरण नभई बाँकी रहेको शेयर लिलाम प्रक्रिया मार्फत बिक्री गर्ने तय गरेको थियो ।
कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य रू. ५० मा प्रिमियम बापत रू. ५० थप गरी न्यूनतम रू. १०० मा जोकाहीले किन्न पाउने गरी बिक्री गर्ने जनाएको थियो ।
तर कम्पनीले आज भदौ ७ गते एक सूचना जारी गर्दै बिक्री प्रक्रिया रद्द गरिएको जानकारी गराएको हो ।