धितोपत्र बोर्डमा कर्मचारी माग

७ भाद्र २०८१, शुक्रबार ०८:२०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी मागेको छ । बोर्डले विभिन्न पदका लागि ६ जना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

बोर्डले सहायक निर्देशक बरिष्ठ सहायक र सहायक पदको प्रशासन समूहतर्फ खुला तथा समावेशी कोटामा आवेदन खुलाएको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले बोर्डको वेभसाइटमा रहेको करिअर ट्याबमा क्लिक गरी अनलाईन माध्यमबाट दरखास्त आवेनद दिनु पर्नेछ । आवेदन दिने अन्तिम मिति भदौ २७ गते रहेको छ भने दोब्बर दस्तुर तिरी असोज ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*