नेपाली बजारमा डोङफेङको नयाँ ईभी नामी गाडी लञ्च, तीनवटा मोडलको कति पर्छ मूल्य ?

६ भाद्र २०८१, बिहीबार २०:५६

काठमाडौं । नेपाली बजारमा डोङफेङको नयाँ ईभी नामी गाडी लञ्च भएको छ। नामी इ १ देखि ३ सम्मको मोडहरु आज पत्रकार सम्मेलन गर्दै होटल सोल्टिमा सार्वजनिक गरेको हो ।

नामी इ १ को मूल्य नेपाली बजारमा २९ लाख ९९ हजार रुपैयाँ, नामी इ २ को मूल्य, ३१ लाख ९९ हजार रुपैयाँ र नामी इ ३ को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

चिनियाँ बजारमा नामी बक्सको मूल्य १० हजार डलर हाराहारी छ । इयूले चिनियाँ ईभी उत्पादकलाई लगाएको नयाँ ट्याक्सको कारण नामी बक्सको मूल्य युरोपमा महँगो हुन पुगेको हो । चिनियाँ अटोमोवाइल कम्पनी डोङफेङले सन् २०२३ मा २० लाख कार बिक्री गरेको थियो ।

नामी बक्स एक सव कम्प्याक ईभी हो । यसमा धेरै सेग्मेन्ट फस्ट प्रिमियम फिचरहरु छन् । यसको एक्टेरियरमा फ्रमलेस डोर, फ्लस डोर ह्याण्डल, फ्लोटिङ कन्ट्रास रुफ जस्ता फिचर छन् ।नामी बक्सको ठूलोे व्याट्री अप्सनले ३१० किलोमिटरको रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ ।
नामी–०१ मा ७० किलोवाट क्षमताको मोटर छ । जसले ९४ हर्सपावर तथा १६० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । नामीको टपस्पीड १४० किलोमिटर प्रतिघण्टासम्म छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*