बीमा कम्पनीहरुको व्यवसायमा ८ प्रतिशतले वृद्धि
काठमाडौं । गत बर्षको तुलनामा बीमा कम्पनीहरुको व्यवसाय ८। ३४ प्रतिशतले बढेको छ ।
गत आर्थिक बर्षको चौथो त्रैमासको १ खर्ब ९७ अर्बरुपैयाँ बीमा व्यवसाय भित्र्याएका छन् । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुले १ खर्ब ८२ अर्ब ५६ करोड रुपैयाँ बीमा व्यवसाय भित्र्याएका हुन् ।
गत आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुले आफनो व्यवसाय ९.८२ प्रतिशतले वृद्धि गरेको छ। अघिल्लो वर्ष जीवन बीमा कम्पनीहरूले १ खर्ब ४२ अर्ब कुल बीमाशुल्क आर्जन गरेका थिए । गत आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
निर्जीवन बीमा कम्पनीहरुको अघिल्लो आर्थिक बर्षको तुलनामा ३.१२ प्रतिशतले आफनो बीमा व्यवसाय वृद्धि गरेको छ। अघिल्लो वर्ष निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४० अर्ब २१ करोडरुपैयाँ थियो। गत वर्षमा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३.१२ प्रतिशतले बढेर ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत वर्ष नेपालको कुल जनसंख्याको ४३.२७ प्रतिशत मानिस बीमाको दायरामा रहेका छन् । अघिल्लो वर्ष कुल जनसंख्याको ४४.३८ प्रतिशत मानिस बीमाको दायरामा थिए । बीमा कम्पनीहरुको व्यापार बढे पनि अझै ५६ प्रतिशतभन्दा बढी जनसंख्या बीमाको पहुँचबाट टाढा रहेको तथ्यांकले देखाएको छ ।
जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क पनि गत आवमा बढेको छ । गत आवमा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब २१ अर्ब ९८ करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवमा कम्पनीहरुले कुल १ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलनामा गत आव जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ९.७८ प्रतिशतले बढेको हो ।
गत आवमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले नवीकरण बीमाशुल्क संकलन गरेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलनामा नवीकरण बीमाशुल्क ७.२४ प्रतिशतले वृद्धि गरी ३२ अर्ब ८२ करोड रुपैयाँ संकलन गरेको छ । दोस्रोमा रहेको एलआइसी नेपालले अघिल्लो आवको सोही अवधिको तुलनामा नवीकरण बीमाशुल्क २.८४ प्रतिशतले वृद्धि गरी १५ अर्ब ५० करोड रुपैयाँ संकलन गरेको छ ।
तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलनामा नवीकरण बीमाशुल्क १२.६४ प्रतिशतले वृद्धि गरी १४ अर्ब १४ करोड रुपैयाँ संकलन गरेको छ । हिमालयन लाइफले ११.३१ प्रतिशतले वृद्धि गरी १४ अर्ब ३ करोड रुपैयाँ संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले नवीकरण बीमाशुल्क ८.१६ प्रतिशतले वृद्धि गरी ७ अर्ब ९५ करोड रुपैयाँ संकलन गरेको छ । सूर्यज्योति लाइफले १४.३५ प्रतिशतले वृद्धि गरी ६ अर्ब ९६ करोड रुपैयाँ संकलन गरेको छ ।
एशियन लाइफले ११.९० प्रतिशतले वृद्धि गरी ६ अर्ब १२ करोड रुपैयाँ संकलन गरेको छ । मेट लाइफले अघिल्लो आवको सोही अवधिको तुलनामा नवीकरण बीमाशुल्क ९.०६ प्रतिशतले वृद्धि गरी ४ अर्ब ३७ करोड रुपैयाँ संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १३.३३ प्रतिशतले वृद्धि गरी ४ अर्ब ३१ करोड रुपैयाँ संकलन गरेको छ । सिटिजन लाइफले ७.६३ प्रतिशतले वृद्धि गरी ४ अर्ब २५ करोड रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै, नवीकरण बीमाशुल्क संकलन वृद्धिदरको आधारमा हेर्दा प्रभु महालक्ष्मी लाइफ सबैभन्दा अगाडि छ । कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलनामा नवीकरण बीमाशुल्क ३०.९६ प्रतिशतले वृद्धि गरी ३ अर्ब २८ करोड रुपैयाँ संकलन गरेको छ । आइएमई लाइफले १४.०९ प्रतिशतले वृद्धि गरी ३ अर्ब १३ करोड रुपैयाँ संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १९.३९ प्रतिशतले वृद्धि गरी २ अर्ब ७३ करोड रुपैयाँ संकलन गरेको छ । सन नेपाल लाइफले अघिल्लो आवको सोही अवधिको तुलनामा नवीकरण बीमाशुल्क १४.८७ प्रतिशतले वृद्धि गरी २ अर्ब ३२ करोड रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्ममा ४१ अर्ब बढीको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणबाट प्राप्त वित्तीय विवरण अनुसार यस आर्थिक वर्षको असार मसान्तससम्ममा ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको उक्त आर्जन प्रतिशतले वृद्धि भएको छ । कम्पनीहरुले आर्थिक वर्ष २०७९।०८० मा ४० अर्ब २१ करोड १३ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका थिए ।
तथ्यांक अनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस आर्थिक वर्षमा पाँच अर्ब ४७ करोड तीन लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३ प्रतिशतले पाँच अर्ब ३१ करोड रुपैयाँबाट वृद्धि भएको छ ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ४.५० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा चार अर्ब ५८ करोड रुपैयाँ रहेको कुल बीमा शुल्क आर्जन चार अर्ब ५८ करोड रुपैयाँबाट वृद्धि भई चार अर्ब ७८ करोड रुपैयाँ पुग्न सफल भएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चार अर्ब १७ करोड रुपैयाँ, हिमालयन एभरेष्टले तीन अर्ब ७२ करोड रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले तीन अर्ब ६५ करोड रुपैयाँ, नेको इन्स्यारेन्सले तीन अर्ब १४ करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले दुई अर्ब ७२ करोड रुपैयाँ, सानिमा जिआइसीले दुई अर्ब ६१ करोड रुपैयाँ र एनएलजी इन्स्योरेन्सले दुई अर्ब ५५ करोड रुपैयाँको कुल व्यवसाय गर्न सफल भएका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुमध्ये दि ओरियन्टल इन्स्योरेन्सको व्यवसाय सबैभन्दा बढी अंकले बृद्धि भएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय ४४.१६ प्रतिशतले वृद्धि भएको छ । जुन तारिफयोग्य रहेको छ ।
साथैै, नेशनल इन्स्योरेन्सको १७.६५ प्रतिशत, सानिमा जिआइसीको १२.६५ प्रतिशत, हिमालयन एभरेष्टको ११ प्रतिशत, आइजीआई प्रु्रुडेन्सियल, नेको र प्रभु इन्स्योरेन्सको ७ प्रतिशतले व्यवसाय वृद्धि भएको छ ।
अघिल्लो आवको तुलनामा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको ३१.१९ प्रतिशतले सर्वाधिक घटेको छ