एनएफआरएस १७ को सफटवेयरको बिषयमा जीवन बीमकसँग, नियामकीय नितिमा डिजिटलाईजेशनमा जोड

६ भाद्र २०८१, बिहीबार १६:५०

काठमाडौं । एनएफआरएस १७ को सफटवेयरको बिषयमा अन्तक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। जेबी बोडा र अनौड टेक्नोलोजीको संयुक्त आयोजना भएको कार्यक्रम आज काठमाडौंैको व्याडिसन होटलमा सम्पन्न भएको हो । कार्यक्रममा अनौड टेक्नोलोजीले प्रयोग गर्ने सफट्वयरको बिषयमा समेत जानकारी गराइएको थियो ।

एनएफआरएस १७ को सफटवेयर संचालनको लागि बीमा प्राधिकरणको निति निमार्णमा पनि डिजिटलाईजेसन हुनुपर्ने उजागर गरिएको थियो । राज्यले यी बिषयमा केन्द्रित हुँदा बीमा कम्पनीहरुलाई समेत सहज हुने बारे छलफल गरिएको थियो ।

कार्यक्रममा जीवन बीमा कम्पनीका सिईओदेखि सम्बन्धीत विभागका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा आइएफआरएसको १७ को डेमे र त्यस्को क्षमताको बिषय देखि सम्रग एनअफआरएस लागू गर्ने बिषयमा छलफल गरिएको थियो ।

जसमा अनौड टेक्नोलोजीका प्रतिनिधिले गरेको कार्यप्रस्तुतीकरणमा राज्यले पनि यसमा ठूलो भूमिका निर्वाह गर्न सक्ने बिषय उजागर गरेका थिए ।

जसमा रिक्स म्यानेजमेन्टमा व्यवस्थापन गर्ने पाटोमा राज्यले ध्यान दिनुपर्ने उक्त कार्यपत्र प्रस्तुत भएको थियो ।

त्यस्तै, नियामक निकायलाई डिजिटल माध्यमका निर्देशिका बनाउन, डाटा सुरक्षितमा सो खालको निर्देशिका बनाउन समेत सुझाव दिइएको थियो ।

बीमा कम्पनीहरुले हाल प्रयोग गदै आईरहेको सफट्वयरभन्दा फरक प्रकृतिबाट काम गनुपर्ने भएको कारण प्राधिकरणले यस तर्फ ध्यान दिन जरुरी रहेको उजागर गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*