दोस्रो बजारमा १ अर्ब धितोपत्र थपियो, आईपीओ सूचीकृत सबैभन्दा धेरै

६ भाद्र २०८१, बिहीबार १७:०८

काठमाडौं । गत आर्थिक वर्ष ०८०/८१ मा धितोपत्र दोस्रो बजारमा १ अर्ब ४९ करोड ९२ लाख ८७ हजार ६५५ दशमलव ३६ कित्ता धितोपत्र सूचीकृत भएको छ ।

धितोपत्रमध्ये आईपीओको संख्या सबैभन्दा बढी रहेको छ ।

गत वर्ष बोनस ५२ करोड ४ लाख ९६ हजारभन्दा बढी आईपीओ सूचीकृत भएको हो ।

त्यस्तै २० करोड ७५ लाख १८ हजारभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत भएकोमा १ करोड ८४ लाख ५८ हजारभन्दा बढी कित्ता ऋणपत्र, २१ करोड ९७ लाख ६७ हजारभन्दा बढी कित्ता हकप्रद शेयर र ५३ करोड ३० लाख ४७ हजारभन्दा बढी म्युचुअल फण्डका इकाई सूचीकृत भएका छन् ।

उल्लेखित तथ्याङ्कलाई हेर्दा गत वर्ष ऋणपत्रको संख्या कम देखिन्छ । वाणिज्य बैंकहरूले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्थाबमोजिम अघिल्ला वर्षहरूमा ऋणपत्र जारी हुने क्रम बढी रहेको थियो ।

गत वर्ष वाणिज्य बैंकहरूले बोनस शेयरलाई भन्दा गत लाभांशलाई जोड दिएको अवस्थामा ऋणपत्र निष्कासनको अवस्थामा कमि आएको हो ।

योसँगै गत वर्ष अघिल्ला वर्षहरूको तुलनामा सार्वजनिक निष्कासन अनुमति नै कम हुँदा दोस्रो बजारमा आपूर्ति घटेको बजार सञ्चालकले जानकारी दिएको छ । गत वर्ष कात्तिक महीनादेखि नै बजारमा आपूर्ति बढेको भन्दै सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया कम गर्दै लगिएको थियो । अझ पुस २० गतेपछि बोर्ड अध्यक्ष पद रित्त भएसँगै सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया प्रभावित बन्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*