३ हजारको विन्दुमा टिक्न सकेन नेप्से

६ भाद्र २०८१, बिहीबार १६:१३

काठमाडौं । साताको अन्तिम कारोबारको दिन पनि सेयर बजारमा उच्च उतारचढाव देखियो । दिउँसो १२ ः ४६ बजे बजार परिसूचक नेप्से ३०१८ अंकसम्म पुगे पनि ३ हजारमाथि टिक्न सकेन । अन्ततः बजार अंकमा रहेर बन्द भयो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक जम्मा ६.०१ अंक बढेको हो ।
कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १८ अर्ब ९० करोडको कारोबार भएकोमा यस दिन १९ अर्ब १६ करोडको भयो । १३२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ३ को स्थिर रह्यो ।

विकास बैंक समूहमा उल्लेख्य आकर्षण देखियो । सो समूहको सूचक ४.५ प्रतिशत बढ्यो । बैंकिङ ०.१७, फाइनान्स १.२३, होटल तथा पर्यटन १.३१, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.२८ प्रतिशत बढे । ब्यापार १.५५, अन्य ०.३०, निर्जीवन बीमा १.१२, उत्पादन ०.५६ र लगानी समूह १.०८ प्रतिशत घटे ।

त्यस्तै ग्रीन डेभलपमेन्टको ८.१५, महालक्ष्मी विकास बैंकको ६.८ प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजुको मूल्य ३.९, राष्ट्रिय बीमा कम्पनीको ३.७, सगरमाथा जलविद्युतको ३.७ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा साइन रेसुङ्गा विकास बैंक, अरुणभ्याली हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, ज्योति विकास बैंक र अपी पावर क्रमशः अगाडि रहे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*