ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच कर्जा प्रवाह सम्झौता

६ भाद्र २०८१, बिहीबार १६:०४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रबर्द्धन विभागका प्रमुख चित्रकुमार चालीसे तथा आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गरेका हुन् ।

आध्यान्त फण्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमीहरूको व्यापार विस्तार तथा व्यावसायिक क्षमता अभिवृद्वि गर्न प्राविधिक सहायता तथा परामर्श लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

बैंक र आध्यान्तबीचको सहकार्यले उद्यमीहरूलाई विभिन्न प्रकारका तालिम तथा वित्तीय पँहुच सहज बनाउँदै मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

आध्यान्त फण्ड म्यानेजमेन्टको साना तथा मझौला क्षेत्रमा रहेको अनुभवलाई उपयोग गरी यस क्षेत्रका उद्यमीहरूको ब्यापार व्यवसाय विस्तार र उद्यमशीलताको पहुँच विस्तार गर्दै बैंकले साना तथा मझौला क्षेत्रमा कर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन ।

यस बैंकले अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ–व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*