सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण
ciकाठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालय सञ्चालन गर्ने योजनालाई साकार पारेको छ ।
बैंकले हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा बैंकले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ । यस अघि नै बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगंज, जनकपुर गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल एवं नेपालगंज र कर्णाली प्रदेशको सुर्खेतस्थित आफ्नै भवनबाट प्रदेश कार्यालय एवं क्लस्टर कार्यालय सञ्चालनमा ल्याइसकेको छ ।
धनगढी उपमहानगरपालिका वडा नं.३ स्थित भवनबाट सुदूरपश्चिम प्रदेश कार्यालयका अलवा धनगढी शाखा समेत सञ्चालनमा आएको छ । हाल सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका वडा नं. ०४ मा सञ्चालनमा रहेको यस बैंकको धनगढी शाखा कार्यालय स्थानान्तरण भई अन्दाजी ८०० मिटर दुरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो ।
आफ्नै भवनबाट कारोबार सञ्चालन भएको अवसरमा बैंकमा आज अयोजित एक कार्यक्रमका बीच बंैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आफ्नै भवनबाट शाखा एवं प्रदेश कार्यालय सञ्चालन गर्न पाउनु बैंकको लागि कोशे ढुङ्गा भएको बताए । सुदूरपश्चिम प्रदेश बैंकको लागी एक महत्वपूर्ण व्यवसायिक केन्द्र रहेको र आगामी दिनमा अझ उत्कृष्ट बैंकिङ्ग सेवा सुविधा लिएर आउने प्रतिबद्धता समेत व्यक्त गरे ।
समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम प्रदेशका कैलाली, डडेल्धुरा, बझाङ, अछाम, दार्चुला, कञ्चनपुर र बैतडीमा गरी यस बैंकले १० वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दैै आइरहेको छ । यीे शाखाहरु मार्पmत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायी माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।
सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाईबाट करीब १८ लाख ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।