सामान्य अंकले बढ्यो नेप्से, विकास बैंक उपसूचकमा उछाल
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ६.०१ अंकले बढेर २९७४.४६ विन्दुमा कायम भएको हो ।
यस दिन ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँबराबरको कारोबार भएको छ । यस दिन सात उपसूचक वृद्धि हुँदा ६ वटा उपसूचक घटेको छ । विकास बैंक उपसूचकमा ४.५२ प्रतिशतको उछाल आएको छ ।
७ कम्पनीको शेयरमा सकारात्मक सर्किट
नेप्सेमा सूचीकृत १३२ वटा कम्पनीहरूको शेयरमूल्य वृद्धि भएको छ । यस दिन ७ वटा कम्पनीहरूको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएका छन् । जसमा तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पाेरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्री स्टार हाइड्रोपावर रहेका छन् ।
आज ग्रीन डेभलपमेन्ट बैंक ८.१५ प्रतिशत, महालक्ष्मी विकास बैंक ६.८३ प्रतिशत र स्वरोजगार लघुवित्तको ६.६४ प्रतिशतले शेयरमूल्य बढेको छ ।
१०९ कम्पनीको शेयरमूल्यमा गिरावट
आज शेयर बजार बढेता पनि १०९ वटा सूचीकृत कम्पनीहरूको शेयरमूल्य भने घटेको छ । जसमा १०.२५% एसबिएल डिबेन्चर २०८३ को शेयरमूल्य नकारात्मक सर्किट लेभलमा घटेको छ ।
आज १०.२५% एनबिबिएल डिबेन्चर २०८५, बोटलर्स नेपाल बालाजु, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी, माया खोला हाइड्रोपावर, कालिञ्चोक दर्शन लिमिटेड, नेपाल वयरहाउजिङ कम्पनी र हाथवे इन्भेष्टमेन्ट लगायतको शेयरमूल्य घटेको छ ।