साइन रेसुङ्गा बैंकको एकैदिन अर्बमाथिको कारोबार, अरुणभ्यालीसँगै हिमालयन रि पनि चम्कियो
६ भाद्र २०८१, बिहीबार १५:०७
काठमाडौं । साताको अन्तिम दिन बिहिवार नेप्सेमा साइन रेसुङ्गा बैंकको सर्वाधिक कारोबार भएको छ । सो बैंकको एक अर्बमाथिको कारोबार भएको छ । त्यस्तै, दोस्रो नम्वरमा अरुण भ्याली हाईड्रोपावर हुँदा तेस्रो नम्वरमा हिमालयन रिको कारोबार भएको छ ।
बिहिबार साइन रेसुङ विकास बैंकको एक अर्ब दुई करोड, अरुण भ्यालीको ४४ करोड र हिमालयन रिको ३९ करोडको कारोबार भएको छ । त्यस्तै, ज्योति विकास बैंकको ३६ करोड र अपि पावरको ३१ करोडको कारोबार भएको छ ।