पञ्चकन्या माई हाइड्रोपावरको सञ्चालक समितिको अध्यक्षमा ध्रुव कुमार श्रेष्ठ नियुक्त

६ भाद्र २०८१, बिहीबार १३:४६

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा ध्रुव कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

यसअघि अध्यक्ष रहेका प्रेम बहादुर श्रेष्ठले आफ्नो शारीरिक अस्वस्थताको कारण देखाई साउन १० गते राजिनामा दिएका थिए । भदौ ५ गते बसको सञ्चालक समितिको बैठकले प्रेम बहादुरको राजिनामा स्वीकृत गर्दै ध्रुव कुमार श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*