प्रि–ओपन सेसनमा नेप्से ६.३३ अंकले बढ्यो
६ भाद्र २०८१, बिहीबार ११:०३
काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से ६। ३३ अंकले बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार २.११ अंक बढेर २९६८.४४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.३३ अंक बढेर २९७४.७८ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५६ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ७६ स्टकको २४१ पटकको कारोबारमा १ करोड ७४ लाख ८६ हजार ३७६ रुपैयाँ ४५ पैसा बराबरको ३२ हजार १११ कित्ता शेयर खरिदबिक्री भएको छ।
जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।