छोराको पास्नीमा सूर्यज्योति लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो सयममा चाडपर्व मनाउँदा अनावश्यक उपहारको सट्टा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गइरहेको छ । यसैबीच गोदावरी नगरपालिका निवासी दम्पति राम चौधरी र रमिता चौधरीले छोरोको पास्नीमा बीमा पोलिसी उपहार दिएका छन् ।
चौधरी दम्पतिले छोरो अरबिन चौधरीको पास्नीको अवसर पारेर सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ लाख बीमाङ्कको सूर्यज्योति नौलो बाल जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।
अत्तरिया शाखा प्रमुख नरेश भट्टले पास्निमा सरीक भई बिमालेख हस्तान्तरण गरेका थिए । शाखा प्रमुख भट्टले अन्य उपहारको सट्टा बीमा पोलिसी उपहार दिनुलाई सकारात्मक परिवर्तन बताउँदै पास्नीमा उपस्थित सबैमा जीवन बीमाको महत्वको बारेमा जनचेतना फैलाए ।
भट्टले बालबालिकाको उच्च शिक्षाका लागि बीमा अत्यावश्यक भएकाले आफ्नो आम्दानीको १० प्रतिशत अनिवार्य बचत गर्नुपर्ने कुरामा जोड दिए ।