आइजीआई प्रुडेन्सियलले भदौ १६ गतेदेखि अभिकर्ता तालिम सञ्चालन गर्ने
६ भाद्र २०८१, बिहीबार ०९:०६
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ १६ गतेदेखि १९ गतेसम्म तालिम सञ्चालन गर्ने भएको हो ।
कम्पनीमा बीमा अभिकर्ता भई कार्य गर्न इच्छुकलाई तालिममा सहभागी हुन कम्पनीले आग्रह गरेको छ । यसका लागि न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले भाग लिन पाउनेछन् ।
इच्छुक व्यक्तिले नागरिकता र प्यान कार्डको प्रतिलिपि, पासपोर्ट साइजको ३ प्रति फोटो र शैक्षिक योग्यताको प्रमाणपत्र भदौ १४ गतेभित्र कम्पनीको इमेल ठेगानामा पेश गरी तालिममा सहभागी हुन सक्नेछन् ।
तालिम अनलाइन मार्फत विहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ । अभिकर्ता परीक्षा तालिमको अन्तिम दिन १९ गते सञ्चालन गरिने कम्पनीले जनाएको छ ।