समता घरेलु लघुवित्तको २० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

६ भाद्र २०८१, बिहीबार ०८:०९

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको २० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

संस्थापक शेयरधनीले खरीद नगरेको उक्त शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी पुनः बिक्रीमा राखिएको हो । सो शेयर खरीद गर्न इच्छुकले ७ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर र मूल्य खुलाई निवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*