धितोपत्र बोर्डका अध्यक्षको नियुक्ति चाडौं हुन्छः अर्थमन्त्री
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्षको नियुक्तिको प्रकृया अघि बढाउने तयारी भईरहेको उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलल बताएका छन् ।इप्पानले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रकृया छिटो हुने बताएका हुन् ।
बोर्ड अध्यक्ष विहिन हुँदा आइपीआ,हकप्रद र ऋणपत्रहरु रोकिएको हुँदा उक्त समस्या समाधान गर्न सरकारले बोर्डमा अध्यक्ष नियुक्तिको प्रकृया अघि बढाउने तयारी गरिएको बताएका हुन् ।
इप्पानका अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुहरुको आईपीओका लागि सेवनमा रोकिएको अर्थमन्त्री पौडेललाई अवगत गराएसँर्गै उनले यस्तो बताएका हुन् । पछिल्लो समय शेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए ।
आईपीओबाट पनि आउन सकेन र इकुटी हालेर पनि आयोजनाहरु अगाडि लैजान नसकिएको भन्दै जानकारी दिएका थिए ।
उनले जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाए पनि आईपीओ रोकिँदा आयोजनाहरु समस्यामा परेको बताएका हुन् ।
अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताउँदै पुँजी बजारमा करिव ४५ लाख बढी नेपालीहरुले जलविद्युतको शेयरमा लगानी गरेको बताए । उनले स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरुमा पलाएको पनि बताए ।