बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकियो, अब छिट्टै नेतृत्व आउँछः अर्थमन्त्री पौडेल

५ भाद्र २०८१, बुधबार १८:१०

काठमाडौँ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताएका छन् । बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले बोर्ड अब लामो समय नेतृत्व बिहीनको अवस्थामा नरहने बताए । उनले भने, बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको छ । सरकारले बोर्डको नेतृत्व चाँडै ल्याउने छ । धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीनहुँदा अनेक प्रकारका समस्या थपिने र फाइलहरु रोकिएको हुन्छ । बोर्डमा उत्पन्न भएका समस्याको समधान विधिसंवत शिघ्र समाधान गर्ने पक्षमा सरकार रहेको छ । छिट्टै बोर्ड अध्यक्ष हुन्छ ।

अर्थमन्त्री पौडेलले जलविद्युतमा विदेशी लगानीमा समय–समयमा सिर्जना हुने समस्यालाई सरकारले सम्बोधन गर्ने बताए। उनले ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि अनकुल परिस्थिति निर्माण गर्ने प्रतिवद्धता जनाए । अर्थमन्त्री पौडेलले सरकारी र विद्युत प्राधिकरणले निर्माण गर्ने आयोजनाहरुमा विदेशी लगानी उल्लेखिय मात्रामा हुने गरेको बताए ।

सरकारले निर्माण गरेको मात्रै नभई अब निजी क्षेत्रका आयोजनाहरुमा पनि विदेशी लगानीका लागि अनकुल परिस्थिति निर्माण गर्ने आवश्यक रहेको भन्दै सरकारले वातावरण बनाउन सहजिकरण गर्ने उल्लेख गरे । उनले अहिले जलविद्युत लगानीको महत्वपूर्ण क्षेत्र भएकाले सरकार नियन्त्रण गर्ने पक्षमा नभएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*