छोरालाई अन्नप्रासन्नको अवसरमा नेशनल लाइफको बाल अमृत जीवन बीमा पोलिसी उपहार

५ भाद्र २०८१, बुधबार १५:५८

काठमाडौं । अन्नप्रासन्न मनाउने विभिन्न तरिका र शैली छन् । पछिल्लो समय बीमा योजना उपहार दिएर अन्नप्रासन्न मनाउन थालिएको छ । लाखौं खर्च गरी विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा जोखिम र बचत दुवै प्रवृत्तिको विकास हुन थालेको छ ।

यसैक्रममा, रामेछाप जिल्लाको लिखु तामाकोशी गाँउपालिका ६ का बुबा संगम माझि र आमा अनिता माझिले अन्नप्रासन्नको अवसरमा छोरा ग्रेसन माझिलाई बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले नेशनल लाइफको रामेछाप शाखा कार्यालयबाट पाँच लाख रुपैयाँको बाल अमृत बीमा पोलिसी उपहार दिएका हुन् ।

उक्त बीमा पोलिसी कम्पनीको रामेछाप शाखा प्रमुख तिर्थ बहादुर श्रेष्ठले हस्तान्तरण गरेका हुन् । कम्पनीकी सक्रिय अभिकर्ता आईती माझीले उक्त बीमा पोलिसी सिफारिस गरेको शाखा कार्यालयले जनाएको छ । बीमा पोलिसी हस्तान्तरण गर्दै शाखा प्रमुख श्रेष्ठले बीमाको रकमले बीमितलाई पछि उच्च शिक्षा हासिल गर्न सहयोग मिल्ने बताएका छन् ।

 

One thought on “छोरालाई अन्नप्रासन्नको अवसरमा नेशनल लाइफको बाल अमृत जीवन बीमा पोलिसी उपहार

  1. अप्सरा says:

    जिबन बिमा अनिवार्य त्यो पनि सबभन्दा राम्रो कम्पनी नेशन लाइफ इन्स्योरेन्स कम्पनीमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*