फाइनान्स कम्पनीको शेयरमूल्यमा उछाल, दुई वटामा सकारात्मक सर्किट लाग्दा अग्रस्थानमा नेपाल फाइनान्स
काठमाडौँ । कारोबारको दोस्रो दिन अर्थात बुधबार शेयर बजार २ दशमलव ११ अंकले बृद्धि भएर २९६८ को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा रहेको फाइनान्स उपसूचक सर्वाधिक बृद्धिभएसँगै सबै कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ ।
बुधबार फाइनान्स उपसूचक ४ दशमलव ९९ प्रतिशत अर्थात १८६ दशमलव ८९ अंकले बृद्धि भएर तीन हजार ९२६ विन्दुमा कायम भएको छ । आज कारोबार भएका सबै फाइनान्स कम्पनीहरुको शेयरमूल्य बृद्धि भएका छन् ।
आज रिलायन्स फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर ७७४ रुपैयाँमा शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य आज प्रतिकित्ता ७० रुपैयाँले बृद्धि भएको छ ।
त्यस्तै, नेपाल फाइनान्सको शेयरमूल्य एक हजार ९७० रुपैयाँले सर्बाधिक शेयरमूल्य रहेको छ । आज कम्पनीको शेयरमूल्य पाँच दशमलव ७४ प्रतिशत अर्थात १०७ रुपैयाँले बढेको छ ।
बुधबार मल्टिप्रपोज फाइनान्सको ९.९९ प्रतिशत, गुहेश्वरी मर्चेन्टको ७.३५ प्रतिशत, गूडविल फाइनान्सको ७.३४ प्रतिशत, पोखरा फाइनान्सको ६.५८ प्रतिशत, बेस्ट फाइनान्सको ६.५५ प्रतिशतले वृद्धि भएको छ ।