गैरसहकारी तत्वहरुको प्रवेशले सहकारीमा समस्या आयोः प्रधानमन्त्री ओलि
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा गैरसहकारी तत्वहरुको प्रवेशले आम नागरिकको विश्वास गुमेको बताएका छन् । बुधवार काठमाडौंमा स्टार्टअप नेसन,२०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उनले यस्तो बताएका हुन् ।
उनले हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था आएको भन्दै सहकारीप्रतिको विश्वासलाई फेरि जगाउने बताए । स—साना पुँजीले अलि ठूला कामहरु गर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको तर्क छ ।
ओलिले कामको खोजिमा युवाहरु दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताए । देशबाट बाहिरिने युवाहरुका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । उनले सिप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरु सरकारले ल्याउने पनि जानकारी गराए ।