साउन महिनामा तीन बीमा कम्पनीको बोनस शेयर मात्रै सूचीकृत, कुनको कति ?

५ भाद्र २०८१, बुधबार १३:३३

काठमाडौं । दोस्रो बजारमा गत साउन महिनामा तीन बीमा कम्पनीको बोनस शेयर मात्रै सूचीकृत भएको छ ।

उक्त महिनामा आइएमई लाइफ इन्स्योरेन्सको १ करोड कित्ता,प्रभु इन्स्योरेन्सको ६ लाख ५३ हजार ६५८।०७ कित्ता र सन नेपाल लाइफको ७६ लाख १६ हजार बोनस शेयर सूचीकृत भएको हो ।

जसमा नेप्सेमा आइएमई लाइफको गत साउन २७ गते,प्रभु इन्स्योरेन्सको बोनस शेयर साउन २३ गते र सन नेपाल लाइफको साउन २९ गते सूचीकृत भएको हो । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनका लागि अनुमति दिने प्रक्रिया कम गरेकाले धितोपत्रको दोस्रो बजारमा धितोपत्रको आपूर्ति घट्न पुगेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*