नेपाल दूरसञ्चार प्राधिकरणद्वारा दुई इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

५ भाद्र २०८१, बुधबार १२:३९

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि २ वटा सेवा प्रदायकको इजाजतपत्र स्वतः रद्ध भएको हो ।

प्राधिकरणले साउनको अन्तिम साता दुबै कम्पनीको अनुमतिपत्र खारेजी भएको जानकारी दिएको छ । वीरगञ्ज महानगरपालिका–८ पर्साको पर्सा टेलिकम्युनिकेसन प्रालि र हात्तीसार काठमाडौंको इन्फोकम प्रालिको लाइसेन्स खारेज भएको हो ।

खारेजीमा परेको पर्सा टेलिकम्युनिकेसन प्रालिले २२ साउन २०७६मा नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र पाएको थियो । इन्फोकम प्रालिले १५ असार २०६५मा अनुमति पत्र लिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*