वर्षदिनमा १४ जीवन बीमा कम्पनीहरुको कुल खर्च दुई खर्ब माथी, कुनको कति ?

५ भाद्र २०८१, बुधबार ११:४२

काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुले दुई खर्ब भन्दा बढी रुपैयाँ खर्चिएका छन् । कम्पनीले उक्त रकम अभिकर्ता कमिशन, कर्मचारी तलब, व्यवस्थापन, बीमा दावी भुक्तानी, विभिन्न प्रचार–प्रसार तथा कर्मचारी र अभिकर्ताहरुलाई प्रदान गरिने विभिन्न तालिम तथा गोष्ठी लगायतका कार्यमा खर्चिएका हुन् ।

कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको कुल १५ दशमलव २२ प्रतिशतले बृद्धि भएर दुई खर्ब सात अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो अर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले एक खर्ब ८० अर्ब १७ करोड रुपैयाँ खर्चिएका थिए ।

समीक्षा अवधिमा नेपाल लाइफले सबैभन्दा बढी रकम खर्चिएको छ । नेपाली बीमा क्षेत्रमा खबैभन्दा ठुलो कम्पानीको परिचय बनाएको नेपाल लाइफको कुल खर्च पनि बढी हुनु स्वभाविक रहेको छ । यस अवधिमा कम्पनीले ५५ अर्ब ३५ करोड रुपैयाँ कुल खर्च गरेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरणको आधारमा

साथै, एलआइसी नेपालको कुल खर्च अघिल्लो आवको सोही अवधिको तुलनामा ७ दशमलव ३२ प्रतिशतले बढेर २५ अर्ब ५६ करोड रुपैयाँबाट सामान्य अंकले बढेर २७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुको विभिन्न तालिम तथा बीमा दावी भुक्तानीलाई विशेष प्राथमिकता दिएर अगाडी बढेको छ ।

नेशनल लाइफको कुल खर्च २४ अर्ब ३४ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको यस्तो खर्च १३ दशमलव ६६ प्रतिशतले बृद्धि भएको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएको हिमालयन लाइफको कुल खर्च २२ अर्ब चार करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात कम्पनीले अनावश्यक खर्च कटौती गरेर व्यवस्थापकीय पक्षलाई चुस्त र दुरुस्त बनाउँदै अगाडी बढेको छ ।

यस अवधिमा सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले १३ अर्ब ७२ करोड रुपैयाँ, सूर्यज्योति लाइफले १२ अर्ब २६ करोड रुपैयाँ, एशियन लाइफको ११ अर्ब २५ करोड रुपैयाँ, मेट, सिटिजन र सानिमा रिलायन्स लाइफको सात अर्ब रुपैयाँ कुल खर्च रहेको छ ।

वृद्धिदरको आधारमा प्रभु महालक्ष्मी सबैभन्दा अगाडी रहेको छ । कम्पनीले अभिकर्ता कमिशन तथा कर्मचारी र अभिकर्ताहरुको क्षमता अभिवृद्धिलाई विशेष प्राथमिकता दिएको कारण खर्च बढ्न पुगेको हो । यस अवधिमा कम्पनीको कुल खर्च १२६ प्रतिशतले वृद्धि भएर दुई अर्ब ३० करोड रुपैयाँबाट पाँच अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*