मातृभूमि लघुवित्तको सीइओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त
५ भाद्र २०८१, बुधबार ११:०४
काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा लक्ष्मी प्रसाद शर्मालाई नियुक्त गरेको छ ।
कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले शर्मालाई सीइओको जिम्मेवारी दिएको हो । पाल्पा घर भएका शर्मालाई भदौ ५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीइओ नियुक्त गरीएको हो ।