अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

५ भाद्र २०८१, बुधबार ०९:४०

काठमाडौं । अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत गएराती आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

उक्त स्थानमा आएको बाढी पहिरोका कारण बन्द भएको सडक खुलाउने काम भइरहेको छ । खास गरी वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा पटकपटक पहिरो खस्ने गर्छ ।

यी जोखिमपूर्ण ठाउँहरुमा सडकको स्तरोन्नती सम्बन्धी निकायले ध्यान नदिँदा कर्णालीका आम नागरिकले सास्ति खेप्नु परेको छ । सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने सयौं यात्रुहरू अलपत्र परेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*